दैलेखमा लामो समयदेखि विवादको रूपमा रहेको बसपार्क व्यवस्थापनको दिगो समाधानको प्रयास सुरु गरिएको छ । धेरै समयदेखि कुरा सुरु हुने तर निष्कर्षमा नपुगेको बसपार्क व्यवस्थापनका लागि दैलेखको भगवती टोलका बासिन्दाहरूले अहिले पुरानो बजारको छुट काउन्टर राखिएको स्थानमा सरसफाइ अभियान थालनी गरेका छन् ।
वडा नं। १ वडा अध्यक्ष सन्देश श्रेष्ठको रोहवरमा स्थानीय बासिन्दाहरूले छुट काउन्टरमा सरसफाइ र काउन्टर स्थापना गरिसकेका छन् ।
तत्कालै यस बारेमा ठोस निष्कर्षका लागि पहल सुरु गर्न नारायण नगरपालिकाले अग्रसरता लिने वडा अध्यक्ष सन्देश श्रेष्ठले जानकारी
दिएका छन् । नारायण नगरपालिकाले गरेको सार्वजनिक सुनुवाईमा पहिलो प्राथमिकता बसपार्क व्यवस्थापनको काम सुरु गर्ने भनिए पनि अहिलेसम्म निर्णय कार्यान्वयन नभएको भन्दै पुरानो बजारका बासिन्दाहरूले अहिले पनि असन्तुष्टि पोख्दै आएका छन् ।
दैलेखको काँडा चौरलाई मुख्य बसपार्क स्थापना गर्ने, ठालु डाँडाबाट मध्य पहाडी सडक खण्ड हुँदै काडाचौर बसपार्कमा बस पुग्ने र बिहान बस छुट्ने बेलामा काँडा चौर, गणेश चौक, लोकतान्त्रिक चौक हुँदै पुरानो बजार छुट काउन्टर वाट बस छुट्ने गरी रुट तयार गर्न स्थानीयले जिल्ला प्रशासन र बस व्यवसायिहरुलाई आग्रह गरेका छन् ।









